क्रोयसियासँग हारेपछि विश्वकपबाट बाहिरियो क्यानडा

काठमाडाैँ । ३६ वर्षपछि विश्वकपमा फर्किएको क्यानडा यसपटक पनि समूह चरणबाटै बाहिरिएको छ । दोस्रो खेलमा क्रोयसियासँग ४-१ ले पराजित भएसँगै क्रोयसियाको विश्व्कप यात्रा समूहचरणमै टुंगिने निश्चित भएको हो ।

यसअघि सन् १९८६ मा पहिलो पटक विश्वकपमा सहभागी भएको क्यानडा त्यतिबेला पनि समूह चरणबाटै बाहिरिएको थियो । आइतबार राति खेल सुरु भएको ६७ सेकेन्डमै गोल गर्दै अग्रता लिएको क्यानडा पहिलो हाफमै पछि पर्यो । दोस्रो हाफमा क्रोयसियाले थप दुई गोल गर्दै सानदार जित दर्ता गर्यो । खेल सुरु भएको ६७ सेकेन्डमा गोल गर्दै अलफन्सो डेभिसले टोलीलाई अग्रता दिलाए । तर ३६ औं मिनेटमा क्रोयसियाका एन्द्रेस क्रमारिकले साविक उपविजेतालाई खेलमा फर्काए ।

४४ औं मिनेटमा मार्को लिभाजाले अर्को गोल थप्दा पहिलो हाफमा क्रोयसियाले २-१ को अग्रता लिएको थियो । ७० औं मिनेटमा क्रमारिकले अर्को गोल थप्दा लोब्रो माजिरले अतिरिक्त समयमा अर्को गोल थपे ।

समुह चरणका दुई खेल गुमाएसँगै उसको नकआउट चरण पुग्ने सम्भावना सकिएको हो । समुह एफ मा रहेको क्यानडा अंक विहिनरुपमा तालिकाको पुछारमा  छ। क्यानडा पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो । दोस्रो खेलमा क्रोयसियासँग ४-१ ले पराजित हुँदै समुह चरणबाट बाहिरिने दोस्रो टोली बनेको हो ।

विश्वकपमा लगातार हार भोगेसँगै क्यानडा तालिकाको पुछारमा छ । क्यानडाले समुह चरणको अन्तिम खेलमा मोरक्कोसँग खेल्ने छ । यो समुहबाट क्रोयसियाले ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । समान अंक भएको मोरक्को दोस्रो स्थानमा हुँदा ३ अंकसहित बेल्जियम तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *