स्पेनसँग रोमान्चक बराबरी खेलेको जर्मनीको अन्तिम १६ को आशा जीवित

काठमाडाैँ । विश्वकप फुटबलमा मूह ई का पूर्वविश्व विजेता स्पेन र जर्मनीले १-१ काे बराबरी खेलेका छन् । आइतबार रातिकाे खेलमा पछि परेकाे जर्मनीले अन्तिम समयमा कमब्याक गर्दै राेमान्चक बराबरी गरेकाे हाे ।

निकलस फ्युलक्रगको गोलमा जर्मनी हारबाट जोगिएको छ । खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोराटाले स्पेनलाई १-० को अग्रता दिलाए ।

तर ८३ औँ मिनेटमा निकलसले जर्मनीलाई बराबरीमा फर्काए । समूह चरणमा १ अंक जोडेको जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कायम भएको छ । स्पेन भने ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। याे नतिजाले समूहका सबै टाेलिलाई नकआउटकाे ढाेका खुल्ला भएकाे छ ।

समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग २-१ ले पराजित भएको थियो । स्पेनले कोस्टारिकालाई ७-० ले पराजित गरेको थियो । स्पेनसँग लज्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार नै जापानलाई हराएसँगै जर्मनीकाे आशा जिवित रहेकाे हाे ।

२०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएकाे थियाे । स्पेन अन्तिम १६ सम्म पुगेकाे थियाे । स्पेनले२०१० को विश्वकपमा जितेकाे थियाे भने जर्मनीले २०१४ सहित चार पटक विश्वकप जितेकाे छ । २०१० मा सेमिफाइनलमा स्पेनले जर्मनीलाई १-० ले पराजित गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *