बहुमत नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण : विष्णु पौडेल

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको भन्दै अब कुनै न कुनै रूपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरतातर्फ जान सक्छ खतरा बढेको टिप्पणी गरेका छन् ।

उनले भने- ‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्नु मुलुकका लागि दुर्भाग्य पूर्ण कुरा हो । कुनै न कुनै रूपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जान सक्छ खतरा बढेको छ ।’

नेता पौडेलले एमालेले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको बताउँदै मुलुकको नेतृत्वका लागि एमाले तयार रहेको बताए । पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउने उल्लेख गर्दै उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि एमालेको भूमिका रहने बताए ।

पौडेलले रुपन्देही-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले दिएको कडा चुनौतीका बिच जित हासिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *