उदयपुरको मतगणना पुनः रोकियो, आयोगको निर्णय पर्खिने

काठमाडौँ । उदयपुरमा मतगणना रोकिएको छ । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै नेकपा एमालेसहितका १५ जना उमेदवारले पुनः मतदानको माग राखेपछि उदयपुरको क्षेत्रनं १ को प्रतिनिधिसभाको मतगणना कार्य रोकिएको हो ।

खसेको मतभन्दा मतपेटिकामा बढी मतपत्र भेटिएको र प्रदेशसभा तर्फको एक सय मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएकाले उमेदवारहरुले निर्वाचन धाँधली भएको आशंका व्यक्त गरेका हुन्।

उनीहरुले आइतबार मुख्य निर्वाचन अकिृतलाई पुनःमतदानको माग राख्दै निवेदन दिएका हुन्। उमेदवारले नै पुनः मतदानको माग राखेपछि मतगणना कार्य अनिश्चित बनेको छ।

फरक प्रकृतिको मतपत्र भेटिएकाले निर्वाचन प्रक्रिया धाँधली नै भएको निष्कर्षका साथ एमालेका प्रतिनिधि सभाका उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेशसभा सदस्यका उम्मेदबार कुशलबाबु बस्नेत, इश्वरमणि राउत, राप्रपाका प्रतिनिधि सभाका उम्मेदवार धुर्व रायमाझी, जसपाका उम्मेदबार ज्ञानबहादुर राई, नेकपा मालेका उम्मेदबार रामप्रसाद चौलागाई, नागरिक उन्मुक्ति पार्टीका उम्मेदबार शिवनारायण चौधरी लगायत स्वतन्त्रसहित १५ जनाले पुनः मतदानको माग राखेका हुन्।

याे पनि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *