बाजुराका विद्यार्थी नेता अयडीको शव आज उठाइने

काठमाडाैँ । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ । अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो ।

मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए । त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ ।

निर्वाचनका दिन घरभित्रबाटै अयडीलाई तानेर ल्याएर कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ । कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो । नेकपा एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषिमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ ।

त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा विवाद भई तनावपूर्ण स्थिति सिर्जना भएपछि सुरक्षाकर्मीले गोली समेत चलाएका थिए । सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी-७ का सञ्जिव अयडीको मृत्यु भएको थियो । उनको गत शुक्रबार दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *