मन्त्री कार्कीसँग ९६ मतले पछि परे एमालेका कुशियैत

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा झण्डै ५ हजार मत गन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता कायम गरेका छन् ।

आजै अन्तिम नतिजा सार्वजनिक गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयको गणक टोलीले काम गरिरहेको छ । कार्कीले २८१६६ मत प्राप्त गरेका छन् । एमालेका जगदीशप्रसाद कुशियैत २८०७१ मत ल्याएर पछ्याइरहेका छन् । दुईजनाबीचको मतान्तर ९५ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *