दोलखाका १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो
मकालु खबर
२०७९ मंसिर १५ गते
काठमाडौं । दोलखाका १० मतदान केन्द्रमा गरी कूल ५० प्रतिशत मत खसेको छ । बिहीबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।
मकालु खबर
२०७९ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित