ताप्लेजुङको पाथीभराबाट देखिएको सूर्योदय र हिमशृङ्खला (तस्बिरहरू)
विराटनगर । ताप्लेजुङमा रहेको पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन् । पाथीभरा धाममा त्यसरी नै आफ्ना मनोकामना पुरा गर्न त्यहाँ पुग्नेहरूको सङ्ख्या धेरै छ ।
जात, धर्म वा लिङ्गको आधारमा कुनै पनि भेदभाव तथा बन्देज छैन । पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनले गरिन्छ ।
पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रसाधनका सामग्री जस्तै सिन्दूर, टीका, गाजल, काँगियो, आदि पनि यहाँ अनिवार्य रूपमा लिएर जाने गरिएको छ ।
यो त धार्मिक कुरा भए । यो एउटा असाधारण पर्यटकीय र सुन्दर ठाउँ हो । हिमालसँगै जोडिएको यो पाथीभरा क्षेत्रबाट सबैतिर नियाल्न सकिन्छ । पाथीभराबाट देखिने सूर्योदयले कुम्भकर्ण र कन्चनजंघा सँगैका हिमशृङ्खलाले जो कोहीलाई मोहित पारिरहेको हुन्छ ।
यहाँ जाने मौसम दसैँदेखि नै सुरु हुन्छ । मङ्सिर को पहिलो हप्तासम्म यहाँ सहजै जान सकिने भए पनि मङ्सिर १५ पछि हिउँ पर्ने स्थानीयहरू बताउँछन् ।
यस्तो देखिएको थियो पाथीभरा क्षेत्र ।