बद्री पाण्डेलाई ३८८८ को अग्रता, कति छ कर्ण थापाको मत ?
मकालु खबर
२०७९ मंसिर १७ गते
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।
सुरुदेखि नै अगाडि रहेका पाण्डेले ३० हजार ९ सय ७६ मतगणना हुँदा १७ हजार ४० मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले १३ हजार १ सय ५२ मत ल्याएका छन् ।
उनीहरूबीच ३ हजार ८ सय ८८ को मतान्तर छ । बाजुरामा ६०१५२ मत खसेको छ ।
मकालु खबर
२०७९ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित