अपराजित नेदरल्याण्ड्स र अमेरिका भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौँ । विश्वकप फुटबलमा आजबाट नकआउट चरणका खेल हुँदैछन्। पहिलो खेलमा शनिबार राति ८ः४५ बजे समूह ए को विजेता नेदरल्याण्ड्स ले समूह बी को उपविजेता अमेरिकाको सामना गर्दैछ। दुवै टोली समूहमा अपराजित रहँर्द नकआउटमा पुगेका हुन्।

समूह चरणमा नेदरल्याण्ड्सले २ खेलमा जित हात पारेको थियो भने एक खेल बराबरी खेलेको थियो। पहिलो खेलमा सेनेगललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा इक्वेडोरसँग बराबरी खेलेको थियो। अन्तिम खेलमान कतारलाई पराजित गर्दै उसले नकआउटमा स्थान बनाएको हो।

समूह बी मा रहेको अमेरिकाले वेल्स र इङ्ल्याण्डसँग बराबरी खेलेको थियो। इरानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। दुवै टोलीले समूह चरणमा उत्कृष्ट नतिजा निकालेकाले आज उच्च मनोबलका साथ मैदान उत्रिनेछन्। तर आज एउटाको भने अपराजित यात्रा टुङ्गिने निश्चित छ।

यसअघिका ५ खेलमा नेदरल्याण्ड्स अमेरिकामाथि बाही छ। तर पछिल्लो भेटमा भने अमेरिकाले बाजी मारेको थियो। ती सबै मैत्रीपूर्ण खेल हुन्। १९९८ र २००२ मा नेदरल्याण्ड्सले समान २–० ले पराजित गरेको थियो। २००४ मा १–० को जित हात पारेको नेदरल्याण्ड्सले २०१० मा पनि २–१ ले खेल जितेको थियो। तर २०१७ मा भने अमेरिका ४–३ ले विजयी भएको थियो।

शनिबार आमनेसामने हुँदा अमेरिका त्यही नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ। नेदरल्याण्ड्स भने ७ वर्षअघिको बदला सिलाइँदै अघि बढ्न चाहन्छ। तीन पटक फाइनलमा पुगेर पनि नेदरल्याण्ड्सले बाजि मार्न सकेको छैन।

यो खेल जित्ने टोलीले क्वार्टर फाइनलमा आजै राति हुने अर्जेन्टिना र अष्ट्रेलियाको विजेतासँग भिड्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *