अर्जेन्टिना अन्तिम आठमा, क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्ने

काठमाडौँ । अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए ।

त्यस्तै खेलको ७७औं मिनेटमा अर्जेन्टिनाक इन्जो फेर्नानडेजको आत्मघाती गोलसँगै अस्ट्रेलियाले कमब्याकको अवसर पाए पनि थप गोल हुन नसक्दा अस्ट्रेलिया पराजित भएको थियो । यो हारसँगै अस्ट्रेलियाको विश्वकप यात्रा पनि टुंगिएको छ ।

त्यसैगरी यो जितपछि अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्याण्डसको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *