नेदरल्यान्ड्स क्वाटरफाइनलमा, सेमिफाइनल पुग्न अर्जेन्टिनालाई हराउनुपर्ने

काठमाडाैँ । अमेरिकामाथी शानदार जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा इन्टरनेशनल स्टेडियममा ३-१ को जित निकाल्दै नेदरल्याण्ड्सले अमेरिकालाई घर फर्काएको हो ।

नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, डली ब्लिन र डेनजल मुम्फ्रिसले एक एक गोल गरे । खेलको १० औं मिनेटमा डिपेले नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा ब्लिनले अग्रता दोब्बर बनाए ।

७६ औं मिनेटमा हाजी राइट्सले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने संकेत गरे पनि त्यसको ५ मिनेटपछि नेदरल्याण्ड्सले पुनः अर्को गोल थप्दै सहज जित हात पारेको हो । ब्लिनले अन्तिम गोल गरेका हुन् । ११ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स यसअघि तीन पटक फाइनलमा पुगेको छ भने २ पटक सेमिफाइनल पुगेको छ । क्वार्टर फाइनलबाट एक पटक मात्रै बाहिरिएको छ ।

सन् १९७४ र १९७८ मा लगातार फाइनलमा पुगेर पनि उपाधिबाट चुकेको थियो। २०१० मा तेस्रो पटक फाइनल पुग्दा स्पेनसँग पराजित भएको थियो। २०१४ मा सेमिफाइनलमा पुगेको नेदरल्याण्ड्स २०१८ मा भने छनौट हुन सकेको थिएन । ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्ड्सले शानदार लय कायम राखेको हो । क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनालको सामना गर्नेछ । अर्जेन्टिना अष्ट्रेलियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *