बिहानै सरकारी गाडी लिएर ब्याडमिन्टन खेल्न हिँडेका प्रदेश सचिवले स्कुल बसलाई ठक्कर दिएपछि… 

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको छ । सोमबार बिहानै उनी सवार से १ झ २७६ नम्बरको सरकारी गाडी सैनिक आवासीय महाविद्यालयको विद्यार्थी बोकेको बससँग ठोक्किएको हो ।

सचिव बोगटी कार्यालय समय अगाडि नै सरकारी गाडीमा ब्याडमिन्टन खेल्न गइरहेका बताइएको छ । धनगढी उपमहानगरपालिका-५ हसनपुरमा उनी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको हो । बोगटीले ओभरटेक गर्ने क्रममा स्कारपियो महाविद्यालयको बससँग ठोक्किएको र दुवैको अगाडिको भागमा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *