धनगढीमा प्रधानमन्त्रीलाई किन पहिर्‍याइयाे १५ किलोको माला ?

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार १५ किलोको माला पहिर्‍याइएको छ । देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरेको सुदुरपश्चि ममहोत्सव उद्घाटन समारोहमा १५ किलोको माला पहिर्‍याइएको हो ।

उद्योग वाणिज्य संघले १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला पहिर्याएको हो । २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा केही माग पूरा भएकोले यस वर्ष भने प्रमुख अतिथि (देउवा) लाई १५ किलोको माला पहिर्‍याइएको हो ।

प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक निर्माण, आईटी हब निर्माण लगायतका मागहरु रहेका छन् । वर्सेनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *