सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ ।

गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *