जनमत पार्टीबाट सांसद बन्दै जेलमा रहेका टकलाकी बहिनी अनिता

जनकपुरधाम । जनकपुर बम काण्डका आरोपमा जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’की बहिनी अनिता साहलाई जनमत पार्टीले सांसद बनाउने भएको छ ।

अनितालाई जनमत पार्टीको केन्द्रीय कमिटी बैठकले मधेस प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको हो । उनको बिहे महोत्तरीमा भएको छ । उनको श्रीमान् रामबाबु साह जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख रहेको बुझिएको छ ।

अनितालाई समानुपातिक सांसद बनाएपछि जनमत पार्टीका धेरै नेता कार्यकर्ता असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीले पैसाको चलखेल गरेर विवादित व्यक्ति टकलाकी बहिनी अनितालाई सांसद बनाउन लागेको एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *