विश्वकप २०२२ : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।
शनिबार हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुट आउटमा हराएको थियो । भने,पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो ।
आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।
यस्तै, अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
साबिक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।
फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो । भने, इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।