कैलाली क्षेत्र नम्बर १ का तीन महिला प्रतिनिधिसभामा

सुदूरपश्चिम । कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा ९माओवादी केन्द्र०का रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः चौधरी र न्यौपानेको नाम सिफारिस गरेसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीनजना महिलाको सहभागिता हुने देखिएको हो ।

प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवै जनाले यसअघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिई सकेकी छन् । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्लो महिला हुन् ।

समानुपातिकतर्फ सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा प्रमुख दलमध्ये नेपाली कांग्रेसले डा आरजु राणा देउवा ९डडेलधुरा० र ईश्वरी न्यौपनो (कैलाली) र माओवादीले स्वसी चौधरीलाई (कैलाली)बाट सिफारिस गरेको छ ।

अर्को प्रमुख दल एमालेबाट भने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सुदूरपश्चिमबाट महिलाको सिफारिस शून्य रहेको छ । एमालेबाट प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार रहेका गौरी ओली, डोटी र निरुदेवी पाल, कञ्चनपुरबाट पराजित भएकी थिइन् । यसअघि संविधानसभाको सदस्य रहिसक्नुभएकी कांग्रेस नेत्री राणा हाल पार्टीको केन्द्रीय सदस्य हुन् ।

यस्तै संविधानसभा सदस्य रहनुभएकी कांग्रेस नेत्री न्यौपाने भने २०७४ को निर्वाचनमा कैलाली–१ बाट प्रत्यक्ष निर्वाचनमा पराजय व्यहोरेकी थिइन् । माओवादी केन्द्रकी रुपा स्वसी पहिलो संविधानसभा सदस्यमा सोही क्षेत्रको प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट प्रत्यक्ष चुनावमा निर्वाचित रेशमलाल चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरी कारावासको फैसला सुनाएपछि सो क्षेत्रका जनताले सांसदविहीनताको महसुस गरेका थिए ।

हालै सम्पन्न निर्वाचनबाट भने क्षेत्र नं १ ले प्रतिनिसभामा तीनजना सशक्त महिलाको उपस्थिति देखिएको छ । आ–आफ्नो पार्टीभित्र प्रभावशाली नेताका रुपमा हेरिने तीनै जना महिला एकै पटक, एकसाथ सङ्घीय संसद्मा चुनिँदा यस क्षेत्रको विकास, महिला सशक्तीकरण, सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्लेषण गरिन थालिएको छ ।

नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले भनिन्, “पाँच वर्ष जनप्रतिनिधिविहीन जस्तै रहेको क्षेत्र नं १ मा एकै पटक तीनजना सशक्त महिला प्रतिनिधिसभामा पुग्नुलाई उपलब्धि मान्न सकिन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *