जाडो मौसममा के खाने, हप्तामा कति दिन व्यायाम गर्ने ?
काठमाडौँ । जाडो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा ध्यान दिनुपर्छ । चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसोमा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगको संक्रमण शुरु हुन थाल्छ ।
मोटा घाटा मानिसलाई धेरै खाना रुच्नु समस्या हुनसक्छ । तर, यही खाना खाने रुचिलाई अलिकति मिलाउने हो भने त्यो अवसर बन्छ । यसले थप ६ महिनासम्म शरीरलाई पुग्ने नयाँ खालका तत्वहरुको संरक्षण गर्छ ।
नेपालीको खानामा अत्यन्तै कम प्रयोग हुने तत्व हो, ओमेगा(३ । ओमेगा(३ मस्तिष्कलाई बलियो बनाउने तत्व हो । यो काजु, पेस्ता, बदाम र नरिवलजस्ता तैलीय खाद्य पदार्थमा पाइन्छ ।
यो जाडोमा तपाईंले दैनिक पाँच दाना पेस्ता, पाँच दाना काजु, एउटा ओखरको गुदीलाई रातभरि पानीमा भिजाइदिनु होला । यसरी भिजाइएका दानालाई भोलिपल्ट पिसेर दूध र महमा खाने हो भने यसले शरीरलाई जाडोमा तातो बनाउन मद्दत गर्छ ।
चिसो लाग्ने समस्याबाट तपाईं मुक्त हुनुहुन्छ । सबैभन्दा ठूलो कुरा शरीरलाई तातो बनाउने डाइट खाने बहानामा ओमेगा(३ शरीरले पाउँछ । यसले जाडो छल्ने बहानामा मस्तिष्कलाई बलियो बनाउँछ ।
चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ । तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन । बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।
हरियो सागपातको धेरै प्रयोग, चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ ।
बेलुकाको खाना छिटै खाने
जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ । जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।
सुत्नुअघि दुध
चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
व्यायाम
जाडोमा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन् । हप्तामा एकदिन व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ ।
भिटामिनको भरपुर प्रयोग
खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।