पोखरा एयरपोर्ट उद्घाटनको तयारीमा क्यान, पहिलो उडानको टुंगो छैन

पोखरा । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षदेखि सन्चालनमा आउने भएको छ । यसको लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तयारीमा जुटेको छ । आयोजनाका अनुसार विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । तर पहिलो उडान कसले गर्ने भन्ने अझै टुंगो लागेको छैन ।

विभिन्न कम्पनीहरुले चासो देखाएपनि क्यानले निर्णय नदिएको हो । विमानस्थलबाट पहिलो उडानका लागि भारत, चीन र नेपालकै बुद्ध र हिमालय एयरले पनि चासो देखाएको छ । थाइ एयर, जजिरा लगायतले पनि क्यानसँग भेटेर पहिलो उडानको अनुमति मागेका पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

विमानस्थल निर्माण सकिएपनि आन्तरिक व्यवस्थापन सकिएको छैन । ल्याण्डफिल हटाउने देखि रिठ्ठेपानीको डाँडा कटानको काम चलिरहेको छ । विमानस्थलमा ११ वटा विमान पार्किङ गर्न मिल्छ भने आन्तरिकमा ४८ र अन्तराष्ट्रिय ६ वटा विमानले उडान र अवतरण गर्न गरी विमानस्थल निर्माण गरिएको क्यानले जनाएको छ ।

विमानस्थलबाट बुद्ध एयरले पहिलो अन्तर्राष्ट्रिय उडानका लागि क्यानसँग अनुमति मागेको छ । भारतका बनारस, दिल्ली र देहरादुनमा उडान भर्ने योजना बुद्धको छ । विमानस्थको क्यालिब्रेसन फ्लाइट भैसकेको छ । तर प्रतिवेदन आइसकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए ।

चीनको सिएएमसीईले २२ अर्व लागतमा विमानस्थल तयार गरेको हो । निर्माणको ७ प्रतिशत काम बाँकी छँदै चैतको तेश्रो साता निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल हन्तान्तरण गरेको थियो । विमानस्थल बनाउन २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । नपुगेपछि २०६९ मा ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको हो । अझै थप जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *