कतार विश्वकप

फ्रान्सविरुद्ध पहिलो जितको खोजीमा मोरक्को, एमबाप्पेलाई रोक्नै कठिन

काठमाडाैँ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दैछन् । राति पौने १ बजे अल वेत स्टेडियममा हुने खेलमा फ्रान्स लगातार फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रलान्सलाई पहिलो पटक पराजित गर्दै इतिहास रच्ने दाउमा मोरक्को हुनेछ ।

यसअघिका ७ वटै खेलमा फ्रान्सविरुद्ध मोरक्को जितबिहिन छ। विश्वकपमा भने पहिलो पटक भिड्न लागेका हुन् । अन्य खेलमा ७ पटक भिड्दा ४ खेल बराबरीमा सकिएका छन् भने ३ खेलमा फ्रान्स विजयी भएको छ ।

यसअघि नकआउटमा स्पेन र पोर्चुगललाई पराजित गरेको मोरक्को उच्च मोनबलमा छ । तर फ्रान्सको आक्रमण रोक्न मोरक्कोलाई चुनौती हुनेछ। तिब्रगतिका एम्बाप्पे मोरक्कोका लागि टाउको दुखाइ बन्न सक्छन् । उनले जारी विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी जति नै ५ गोल गरेका छन् । उनीहरु २ को गोल्डेन बुटमा कडा टक्कर छ । यस्तै जिरुडले पनि ४ गोल गरेका छन् ।

जारी विश्वकपमा दुवै देशले उत्कृष्ट प्रदर्शन कायम राखेका छन् । अफ्रिकन राष्ट्र मोरक्को अनपेक्षित नतिजासहित पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को समूह चरणदेखि नै अपराजित छ । समूह चरणमा साविक उपविजेतालाई गोलरहित बराबरीमा रोकेको मोरक्को साविक विजेतालाई पनि त्यही नतिजामा रोक्न चाहन्छ । मोरक्को पेनाल्टी सुटआउटमा अब्बल देखिएको छ ।

उपविजेता क्रोएसिया भने अर्जेन्टिनासँग ३-० पराजित हुँदै सेमिफाइनलमै रोकिएको छ । मोरक्को र फ्रान्सको विजेताले अब उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ ।

विश्वकपका ५ खेलमा मोरक्कोले एक गोल मात्रै खाएको छ । पेनाल्टी सुटआउटमा समेत स्पेनका ३ वटा पेनाल्टी विफल बनाएको थियो ।
मोरक्कोविरुद्ध क्यानडाले मात्रै एक गोल गर्न सकेको छ । पोर्चुगल, स्पेन, बेल्जियम, क्रोएसिया जस्ता बलिया राष्ट्रले गोल गर्न सकेका छैनन् ।
क्वार्टरफाइनलमा पोर्चुगललाई १-० ले पराजित गरेको थियो ।

त्यसअघि अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको थियो । त्यसअघि क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले बेल्जियमलाई २-० ले पराजित गरेको थियो। मोरक्कोले विपक्षीको पोष्टमा ३ पेनाल्टीसहित ८ गोल गरेको छ ।

छटौंपटक विश्वकप खेलिरहेको मोरक्को यसअघि अन्तिम १६ बाट अघि बढ्न सकेको थिएन । फ्रान्स भने आक्रमक फुटबल खेल्छ। तर उसको रक्षापंक्ति भने कमजोर देखिएको छ । फ्रान्स एक खेलमा मात्रै पराजित भए पनि जारी विश्वकपमा सबै टोलीविरुद्ध गोल खाएको छ ।

पहिलो खेलमा अष्टे«लियालाई ४-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा डेनमार्कलाई २-१ ले र तेस्रो खेलमा ट्युनिसियाले १-० ले फ्रान्सलाई पराजित गरेको थियो । अन्तिम १६ मा पोल्याण्डलाई ३-१ पर गरेको फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यसअघि फ्रान्सले १९९८ मा पहिलो पटक विश्वकप जितेको थियो भने २०१८ मा दोस्रो पटक उपाधि जितेको थियो । मोरक्कोलाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा साविक विजेता देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *