औद्योगिक पहिचान बनाएको विराटनगरको साख गुम्न दिनु हुँदैन : राष्ट्रपति

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगको संरक्षण र प्रवर्द्धनका लागि लाग्नु पर्ने बताएकी छिन् । उनले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्नुपर्ने बताइन् ।

विराटनगरमा बिहीबारदेखि सुरु भएको विराट एक्सपोको उद्घाटनलाई सम्बोधन गर्दै उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न सके उद्योगहरूलाई सहज हुने बताइन् । उनले विराटनगर प्रति चिन्ता व्यक्त गर्दै हिजोको औद्योगिक पहिचान गुम्न दिन नहुने बताइन् ।

‘औद्योगिक पहिचान बनाएको विराटनगरको साख गुम्न दिन हुँदैन, उनले भनिन्, विराटनगर औद्योगिक सहर हो, त्यसको साख गिर्न नदिन सबै मिलेर लागौँ ।’

विराटनगरमा बिहीबारदेखि विराट एक्स्पो सुरु भएको हो । एक्स्पोमा विभिन्न ३६१ स्टलहरू राखिएका छन् । यो वर्षको एक्स्पोलाई विशेष रूपमा फरक बनाउन खोजिएको आयोजक उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *