बैतडीमा शिक्षकको हत्या
काठमाडौँ । बैतडीको पाटन नगरपालिका ६ मा पर्ने कृष्ण माविका शिक्षकको हत्या भएको खुलासा भएको छ । शिक्षक धनबहादुर विष्टको पुष १ गते शुक्रबार राती छात्रावास नजिकै हत्या भएको खुलेकाे हाे ।
अनुसन्धान गर्ने निकायकाअनुसार हत्यामा भएको संग्लन हत्यारा आज सार्वजनिक गरिनेछ । पुष २ गते छात्रावास पछाडिको झाडीमा शव फेला परेको थियो । उनको मादक पर्दाथ सेवन गरी लडेर मृत्यु भएको अनुमान गरिएको थियो ।
तर उनका परीवारिले हत्याको आशंका गरेपछि अनुसन्धान थालिएको थियो । सुनर्या गाउँपालिका २ स्थायी घर भएका शिक्षक विष्टको पिकनिकबाट आएपछि छात्रावासमा हत्या भएको पुष्टि अधिकारीक स्रोतले बताएको छ । हत्यामा संग्लनहरुलाई आज जिल्ला प्रहरी कार्यालय बैतडीले सार्वजनिक गर्ने भएको छ ।
शिक्षक विष्टको न्यायका लागि ५ दिनदेखि शिक्षक, विद्यार्थी र आफन्त आन्दोलित छन् । आन्दोलित समूहले पाटन नगरपालिका विद्यालय, बजार, र यातायात दुई दिन देखी बन्द गरेको छ, भने पाटन नगरपालिका तालाबन्दी गरिएको छ ।
त्यो शिक्षक पनि अपराधी हो आफुले पढाउने बिद्यार्थी तेस्मापनी अर्काको श्रीमती लाई यौन प्रस्ताव राख्ने यौन सोसण गर्ने तेस्तो शिक्षक लाई नमारेको भय अझै अरु शिक्षक हरुपनी मारिन्थे बिमला बोहरा अनि प्रजा बोहराले जे गरे राम्रो गरे अनि कानुनले ससम्मान उनिहरु रिहाइ गर्नुपएछ