नेविसंघ सोलुमा विवाद, केन्द्रीय अध्यक्ष शेर्पाले संगठन ध्वस्त बनाउने खोजेको भन्दै चौतर्फी आलोचना 

काठमाडौँ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोलुखुम्बु जिल्ला अध्यक्षमा नवीन बस्नेतलाई नियुक्त गरेपछि विवाद भएको छ । उनले विधान विपरीत संघको सोलुखुम्बु जिल्ला कार्यसमितिलाई विवादमा ल्याउने हेतुले गुटगत रूपमा जिल्लामा पत्र पठाएका भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको हो ।

सोलुखुम्बुमा संघको विधिवत् अधिवेशनबाट चयन भएका अध्यक्ष अश्विन थापाको समिति क्रियाशील नै रहेको अवस्थामा संघको जिल्ला कार्यसमितिलाई विवादित असन्तुष्ट पक्षको आरोप छ । कुनै पनि बाहानामा अध्यक्ष शेर्पाले पठाएको पत्र स्वीकार नहुने सोलुखुम्बु नेविसंघ जिल्ला अध्यक्ष अश्विन थापाले बताए ।

शेर्पाले नवीन बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएर पत्र पठाएका थिए । विवाद भएपछि शेर्पाले सो निर्णय फिर्ता लिएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिले नेवि संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको बेला मनोमानी ढंगले पत्र काट्नु केन्द्रीय अध्यक्षको गुटगत स्वार्थ रहेको र संगठनलाई ध्वस्त बनाउने मनसाय भएको उनीहरूको आरोप छ ।

सोलुखुम्बु भर्खरै सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बलबहादुर केसीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पा र जिल्ला सभापति नाम्गेल जाङवु शेर्पाले असहयोग गरेको विषयसमेत पेचिलो बन्दै गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *