चीनद्वारा प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चीनले बधाई दिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि चीनले पहिलो बधाई दिएको हो।

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार साँझ ट्विटमार्फत प्रचण्डलाई बधाई दिएको हो। चिनियाँ दूतावासले ट्विटरमा लेखेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’

नेकपा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्री बनेका हुन्। उनको शपथ भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *