जुम्लामा कार्यरत प्रमुख सेनानी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला
२०७९ पुस ११ गते
सुर्खेत । नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी जुम्लामा कार्यरत थिए । बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।
रुपाखेती नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत थिए । उनी आज बिहान बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रवक्ता श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
२०७९ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित