कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका ज्येष्ठ सदस्य विनोद कुमार शाहलाई सोमबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष समेत रहेका शाह ६६ वर्षका भए । कर्णाली प्रदेशका ४० जना सांसदमा उनी ज्येष्ठ सांसद हुन् ।

दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित शाहले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै उनले कर्णालीका अन्य ३९ जना सांसदलाई आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *