मधेश प्रदेशका सांसदहरूको शपथ पुस १५ गते गर्ने निर्णय

जनकपुरधाम । मधेश प्रदेशका सांसदहरूको शपथग्रहण पुस १५ गते गर्ने सहमति जुटेको छ । प्रदेशसभा सचिवालयले आज डाकेको सर्वदलीय बैठकले सांसदहरूको शपथग्रहणको मिति टुङ्गो लगाएको हो ।

बैठकमा सहभागी जनमत पार्टीका सचिव तथा सांसद सञ्जय यादवले सांसदहरूको शपथ पुस १५ गते शुक्रवार दिउँसो २ बजे गराउने निर्णय भएको बताए । साँसदरुले शपथग्रहण मातृभाषामा पनि लिन पाउने सहमति भएको उनको भनाई छ ।

सांसदहरूको शपथग्रहण ज्येष्ठ सदस्यको हिसाबले ७१ वर्षीय गोविन्द न्योपानेले गराउने छन् । तर उनी बिरामी परेकाले उपस्थित हुन नसकेको अवस्थामा ७० वर्षीय सांसद शारदा शंकर प्रसाद कलवारले गराउने पनि बैठकमा सहमति भएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा १० दल पुगेको छ । ती सबै दलका प्रतिनिधि आजको सर्वदलीय बैठकमा सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *