स्पेनिस क्लबसँग गण्डकी प्रदेश पराजित

पोखरा । गण्डकी प्रदेशको फुटबल टीम स्पेनिस क्लबसँग पराजित भएको छ । सपेनिस बी डिभिजन क्लब काथेरेन्योले गण्डकीलाई ३–० गोल अन्तरले हराएको हो ।

स्पेनी क्लबको जितमा कारमेलो, बेरमु र पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले गोल गरे ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलको २३ औँ मिनेटमा कारमेलोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

३५ औँ मिनेटमा माइकलले अर्को गोल थपे भने दोस्रो हाफको इन्जुरी समयमा बेरमुले टिमका लागि तेस्रो गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *