मधेस प्रदेशमा कांग्रेसको नेता चुन्न आज चुनाव

काठमाडाैँ । मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न नेपाली कांग्रेसले आज निर्वाचन गर्ने भएको छ । प्रदेश सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादवबीच दल नेताका लागि प्रतिस्पर्धा हुने भएको हो ।

आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरमा मतदान हुने प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । कृष्णप्रसाद र रामसरोज दुवै जना कांग्रेस अधिवेशनमा प्रदेश सभापतिमा पनि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *