प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा ३ जनाको उम्मेदवारी
२०७९ पुस १४ गते
विराटनगर । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलेका नेतामा ३ जनाले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले मनोनयन दर्ता गरेका हुन् ।
थापालाई संसदीय दलेका नेतामा भीम पराजुलीको प्रस्तावमा भूपेन्द्र राईको समर्थन छ । त्यस्तै कार्कीलाई रामकुमार खत्रीको प्रस्तावमा शमशेर राहीको समर्थनमा मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।त्यस्तै अर्याललाई डोल्मा तामाङको प्रस्तावमा सुनिताकुमारी गुरुङ रामको समर्थन छ ।
निर्वाचन समितिले तोकेको निर्धारित गरेको समय १ बजेसम्ममा ३ जनाले मात्र दलेका नेतामा उम्मेदवारी दिएका छन् । दलेका नेता छन्नकालागि शुक्रवार बिहान ९ देखि १० बजेसम्म मतदानको समय तोकिएको छ ।
मनोनयन दर्ता गराउने उम्मेदवारहरूका बिचमा छलफलको प्रयास भइरहेको नेपाली काङ्ग्रेसले जनाएको छ ।
२०७९ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित