पेलेको निधनपछि मेस्सी र रोनाल्डोले के भने ?
काठमाडौँ । महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि बिहीबार उनको मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन् ।
उनको निधनप्रति अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
रोनाल्डोले पेलेलाई कहिल्यै बिर्सन नसकिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘सम्पूर्ण ब्राजिलका लागि मेरो गहिरो संवेदना, र विशेष गरी एडसन एरान्टेस डो नासिमेन्टोको परिवारलाई । शाश्वत राजा पेलेलाई केवल ‘अलबिदा’ मात्र सम्पूर्ण फुटबल संसारले हारेको पीडा व्यक्त गर्न कहिल्यै पर्याप्त हुने छैन ।’
लाखौँका लागि प्रेरणा रहेका पेलेलाई सदा सम्झिरहने उनले बताए । ‘धेरै लाखौँको लागि प्रेरणा, हिजो, आज र सदाको लागि सन्दर्भ । तपाईँले मलाई देखाउनुभएको माया प्रत्येक पलमा हामीले टाढाबाट पनि स्मरण गरिरहनेछु,’ उनले अगाडि भनेका छन्, ‘उहाँलाई कहिल्यै भुल्ने छैन र उहाँको सम्झना हामी प्रत्येक फुटबल प्रेमीहरूमा सधैँभरि बाँच्नेछ ।’
यो पनि : रहेनन् महान् फुटबलर पेले