तस्बिरमा पेले

काठमाडौँ । महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि बिहीबार उनको मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन् ।

पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको सङ्क्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो । पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो ।

विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे ।

इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ। पेलेले चार वटा विश्व खेलेका थिए भने तीन खेल जितेका थिए । उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भई १४ खेलमा १२ गोल गरेका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।

पेलेको जन्म २३ अक्टोबर १९४० मा भएको थियो भने निधन २९ डिसेम्बर २०२२ मा भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।

सन् १९९८ मा पूर्वी फ्रान्सको नान्सी स्टेडियममा विश्वप्रसिद्ध खेलाडीहरू अर्जेन्टिनाका डियगो म्याराडोना (बायाँ)‚ ब्राजिलका पेले (बीचमा) र फ्रान्सका मिसेल प्लाटिनी । अर्जेन्टिनाका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो । तस्बिर : एपी/रासस
क्यान्नसको क्रोइसे एभिन्यूमा फुटबल खेल्दै पेले । तस्बिर : एएफपी/रासस
सन् १९७१ मार्च ३० मा आफ्ना फ्यानलाई जुल्स रिमेट कप देखाउँदै ब्राजिलका फर्वार्ड पेले । उनले आफ्नो खेल जीवनमा ३ पटकसम्म विश्वकप फुटबलको उपाधि जितेका थिए । तस्बिर : एएफपी/रासस
सन् २०१० डिसेम्बर २२ मा ब्राजिलको रियो दि जेनेरियोमा च्याम्पियन मेडल देखाउँदै विश्वप्रसिद्ध खेलाडी एडसन अरान्टेस दो नासिमेन्टो अर्थात् पेले । एएफपी/रासस
पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो (बायाँ) लाई स्विट्जरल्यान्डको जुरिकस्थित ओपेरा हाउसमा फिफा वर्ल्ड प्लेयर गाला २००८ अन्तर्गत फिफा वर्ल्ड प्लेयर अफ द इयरको ट्रफी प्रदान गर्दै विश्वप्रसिद्ध फुटबल खेलाडी पेले । तस्बिर : एपी/रासस
सन् १९६३ अप्रिलमा ब्राजिल र फ्रान्सको फुटबल प्रतियोगिताबीच रेफ्रीको भनाइ सुन्दै पेले । तस्बिर : एएफपी/रासस
सन् १९७४ डिसेम्बर ६ मा थाइल्यान्डमा किशोरहरूलाई फुटबल सिकाउँदै पेले । तस्बिर : एएफपी/रासस
सन् २०१२ जनवरी ९ मा जुरिकमा आयोजित फिफा बालोन डिओर अवार्डको कार्यक्रममा अर्जेन्टिनाका फर्वार्ड लियोनल मेसी (बायाँ)‚ ब्राजिलियन फर्वार्ड पेले (बीचमा) र ब्राजिलियन फर्वार्ड नेयमार (दायाँ) । तस्बिर : एएफपी/रासस
सन् २०१२ जनवरी ९ मा पेलेको हातबाट फिफप्रो वर्ल्ड-११ अवार्ड लिँदै अर्जेन्टिनाका फर्वार्ड लियोनल मेसी (बायाँ) । तस्बिर : एएफपी/रासस
सन् २०१५ अप्रिल १७ मा न्युयोर्क कसमसमा फुटबलका विश्वप्रसिद्ध खेलाडी पेले (बायाँ) र फ्रान्ज बेकनबावेर । तस्बिर : एएफपी/रासस
तस्बिर : एपी/रासस

Photos : AFP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *