प्रदेश-१ को प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि

विराटनगर । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि पहिलो पटक प्रदेश सभाको बैठक बस्दैछ ।  पुस ११ गते प्रदेश सभाका सदस्यले शपथ लिएपछि पहिलो पटक प्रदेश सभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

प्रदेश सभाको बैठक आज दिउँसो १ बजेलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आव्हान गरेका हुन्  । पुस १२ गते एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख कार्यालयले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १७ गते दिउँसो १ बजे प्रदेश नं. १ को प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरिएको छ ।

प्रदेश १ सभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सभाको अधिवेशन आव्हान भएपछि प्रदेश सभा सचिवालयबाट गरिनु पर्ने सबै तयारीहरू भइसकेको छ । प्रदेश सभा सचिवालयले नव निर्वाचित प्रदेश सभा सदस्यहरूको लागि दुई दिने अभिमुखीकरण समेत सम्पन्न गरिसकेको पराजुलीले जानकारी दिए ।

प्रदेश सभाको पहिलो बैठक भएको कारणले सभामुख चयन नहुँदासम्मका लागि बैठक जेष्ठ सदस्य गयानन्द मण्डल गन्गाईले गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *