खुकुरी प्रहार गरी फरार चार जना पक्राउ

बाँके । नेपालगन्जमा खुकरी प्रहार गरी फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरमा वडा नम्बर १२ का अनुराग शाह, जानकी गाउँपालिका–३ का उज्वल शाह र नेपालगन्ज–४ का सुभम जंग शाहमाथी खुकुरी प्रहार भएको थियो।

यूपी ३२ इयू ८६१६ नम्बरको भारतीय कारमा आएका चार जनाले उनीहरुमाथि खुकुरी प्रहार गरेर फरार भएका थिए।

फरार भएका नेपालगन्ज उपममहानगरपालिका–१८ का २९ वर्षीय विनय भण्डारी, वडा नम्बर ६ का ३१ वर्षीय प्रकाश थापा, राप्ती सोनारी गाउँपालिका–२ का ३१ वर्षीय नारायण डाँगी र वैजनाथ गाउँपालिका–५ का २९ वर्षीय प्रकाश रसाइली भन्ने तुल्सीराम सुनारलाई प्रहरीले पक्राउ गरेको हो। बाँकेको डुढुवा गाउँपालिका–३ स्थित बनकट्टीबाट रामपुरुवा जाने बाटो दक्षिणतर्फ खेतमा उनीहरुले प्रयोग गरेको कार फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नेतृत्वमा खटिएको टोलीले घाइतेलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगेको थियो ।

उनीहरुले प्रयोग गरेका दुई थान कुखुरी प्रहरीले झाँडीमा फेला पारेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *