लियोनेल मेस्सीलाई पिएसजीमा ‘गार्ड अफ अनर’

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई प्रशिक्षणमा फर्कने क्रममा गार्ड अफ अनरले सम्मानित गरेको छ ।

विश्वकप उपाधि जितेपछि क्लब फर्किएका मेस्सीलाई पिएसजीका खेलाडी, प्राविधिक टोलीसँगै क्लबका अन्य कर्मचारीले सम्मान गरेका हुन्। गार्ड अफ अनर दिनुलाई खेलकुदमा च्याम्पियनको विशिष्ट सम्मान गरेको मानिन्छ ।

गत महिना कतारको दोहामा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । विश्वकपपछि विजयोत्सव र पारिवारसँग समय बिताएर ४ दिनअघि नै मेस्सी पेरिस पुगेका थिए । तर उनी बुधबारदेखि प्रशिक्षणमा फर्किएका छन् । क्लब फुटबलका सबैजसो उपाधि जितेका मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका थिए ।

मेस्सी अनुपस्थित रहँदा पिएसजीले लिगको दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको थियो । पिएसजीले अब शुक्रबार राती फ्रेन्च कपको खेलमा तेस्रो श्रेणीको एलबी चाटेअरोको सामना गर्दैछ । उक्त खेलमा मेस्सी उपलब्ध हुने नहुने पक्का भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *