देउवाकै कारण सात दलीय गठबन्धन जन्मियो : नेतृ शर्मा (अन्तरवार्ता)

काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी हुन सफल रेखा शर्मा माओवादीबाट प्रत्यक्षमा चुनाव जित्ने एक्लो महिला संसद हुन् । माओवादी केन्दले ८ जना महिलालाई टिकट दिएको थियो । तर निर्वाचनमा रेखाले मात्र माओवादीको विरासत बचाउन सकिन् । तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता शर्माले पोखरेललाई जम्मा १९६ मतान्तरले हराएकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत पाएका थिए ।

२०२६ सालमा दाङमा जन्मिएकी शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी हुन् । २०५३ सालदेखि ०५८ सम्म उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहिन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी हाल माओवादीको स्थायी कमिटी सदस्य छिन् ।

२०७० बाट संसदीय यात्रा सुरु गरेकी शर्मा २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् । २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत थिइन् ।

हाल नेकपा माओवादी पार्टीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका छन् । उनले यो पटक पनि प्रत्यक्षमा जित्ने एक्लो महिला, जिम्मेवार र जुझारु महिला भएका कारण उनी प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने सम्भावना छ । उनको नाम माओवादीबाट मन्त्री हुने क्लस्टरको सुरुमै राखेको बुझिएको छ ।

उनै शर्मासँग मकालुखबरले वर्तमान राजनीतिक अवस्था र सरकार गठन र उनको तयारीको विषयमा मकालुखबरले कुराकानी गरेको छ ।

भिडिओ कुराकानी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *