प्रदेश-१ : बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न अन्तिम दिन, आज फेरिएला सरकार ?
विराटनगर । सरकार बनाउन प्रदेश प्रमुखले आव्हान गरेको आज अन्तिम दिन हो । साँझ ५ बजेसम्मको लागि बहुमत दाबीसहित सरकार बनाउन आज दलहरूले प्रदेश प्रमुखकोमा पेश गर्नु पर्नेछ ।
प्रदेश १ मा नेकपा एमाले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकारमा दाबी पेश गर्ने नेकपा एमालेले जनाएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी सहित ६० जनाको सहितको सरकार बनाउन दाबी पेश गर्ने तयारी एमालेको देखिन्छ ।
आज दिउँसोसम्ममा सरकार बनाउनको लागि एमाले ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना प्रदेश सभा सदस्य रहेको दाबीसहित सबै दलका संसदीय दलका नेताले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाउने तयारी रहेको नेकपा एमालेले श्रोतले जनाएको छ ।
आजै मन्त्री परिषद् सानो मन्त्री परिषद् पनि बन्ने तयारी छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री सहित अन्य २ जना मन्त्री एमालेबाट बनाउने तयारी रहेको नेकपा एमालेका एक नेताले बताए । त्यस्तै नेकपा माओवादी, राप्रपाबाट एक एक जना मन्त्री बनाउने तयारी रहेको बताइएको छ ।
नेकपा माओवादीभित्र कसको नेतृत्वमा सरकारमा जाने भन्ने बारेमा कुरा नमिल्दा अन्यौल देखिएको छ । राप्रपाबाट भक्तिप्रसाद सिटौला सरकारमा जाने चर्चा गरिएको छ ।