गण्डकीमा पनि रिसायो माओवादी केन्द्र

पोखरा । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले गण्डकीमा पाँचै वर्ष एमालेको नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ । उक्त निर्णयको गण्डकी माओवादीले भने असन्तुष्टि जनाएको छ ।

संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘पाँच वर्ष नै नेतृत्वविहीन कसरी हुने ? यस विषयमा अध्यक्ष कमरेडसँग छलफल गर्न पाएको छैन । फोन लागेको छैन ।’ उनले केन्द्रको निर्णयबारे निक्र्यौल नभएका कारण तत्काल अन्य बैठकहरू पनि हुन नसकेको बताए । गण्डकीमा १० बजेपछि संसदीय दलका नेताहरुबीच बैठक बस्ने र मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने बताइएको थियो ।

तर उक्त बैठक सुरु नै भएको छैन । ‘बैठक सुरु भएको छैन । पहिले माथिको कुरा टुंगो लागोस्, अनि यता बैठक बस्छ,’ उनले भने । सहमति अनुसार गण्डकीमा मुख्यमन्त्री पाँचै वर्ष एमाले र सभामुख पाँचै वर्ष माओवादीले पाएको छ । माओवादीले आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *