राष्ट्रपतिमा सहयोगको आशासहित प्रचण्डलाई विश्वासको मत दियौँ : डा. शेखर कोइराला
मकालु खबर
२०७९ पुस २८ गते
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सघाउने अपेक्षासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नै उनले यस्तो बताएका हुन् । आगामी दिनमा यसबारे थप पुष्टि हुँदै जाने पनि उनले बताए ।
उनले भने, ‘म सभामुख र उपसभामुखको कुरा गरिरहेको छैन । आगामी दिनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा हुनेछ । ती चुनावहरूमा हाम्रो उम्मेदवार प्रस्तुत गर्छौं । त्यसमा सहयोगको अपेक्षा राखेका छौँ ।’
तर पार्टी सभापति देउवा र प्रचण्डबीच यसबारे कुनै सहमति भएको भने आफूलाई थाहा नभएको उनले बताए ।
उनले कानुनविद्हरुसँग छलफल गरेर नै विश्वसको मत दिएर कांग्रेस प्रतिपक्षमा बसेको समेत बताए ।
मकालु खबर
२०७९ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित