बार्सिलोना सुपर कपको फाइनलमा, रियल म्याड्रिडसँग उपाधि भिडन्त

काठमाडाैँ । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको  छ। रियल बेटिसलाई टाइब्रेकरमा पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको हो । निर्धारित समयमा १-१ र अतिरिक्त समयमा २-२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा बार्सिलोनाले बाजी मार्यो ।

टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे । रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले गोल गर्दा तेस्रो पेनाल्टीमा जुआनमी र चौथो पेनाल्टीमा विलियम कार्भाल्हो चुके ।

अब बार्सिलोनाले उपाधिका लागि रियल म्याड्रिडसँग खेल्नेछ । रियलले बुधबार राति भ्यालेन्सियालाई टाइब्रेकरमै ४-३ ले पराजित गरी फाइनलमा स्थान बनाइसकेको छ । फाइनल १५ जनवरीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *