चेल्सीको लागतार तेस्रो हार

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सीलाई फुल्हमले २-१ ले पराजित गरेको छ । बिहीबार राति फुल्हमको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि विलियन र कार्लोस भिनिसियसले १-१ गोल गरेका हुन् ।

पराजित टोली चेल्सीका लागि कालिदु काउलीबालीले एक गोल फर्काएका थिए । यो खेलमार्फत चेल्सीमा डेब्यू गरेका पोर्चुगिज खेलाडी हुँवा फेलिक्सले नयाँ टोलीका लागि पहिलो खेलमै रातो कार्ड खाएका छन् ।

पराजित भएसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरमाथि दवाव बढेको छ । अघिल्लो वर्ष रुसी धनाढ्य रोमन अब्राहिमोभिचलाई बेलायतमा कारोबार गर्न प्रतिबन्ध लगाएसँगै चेल्सी फुटबल क्लबको मालिक तथा व्यवस्थापन फेरिएको थियो । अमेरिकी धनाढ्य टड बोहलीले नेतृत्व लिए यता चेल्सीले सोचे अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन । चेल्सी २०२३ लागेपछि लगातार ३ खेलमा पराजित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *