प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए ५९ सांसदको विश्वासकाे मत
२०७९ पुस २९ गते
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५९ सांसदकाे विश्वासको मत प्राप्त गरेका छन् । विश्वासकाे मत दिन उनले राखेकाे प्रस्तावकाे पक्षमा ५९ र विपक्षमा ३२ सांसदले मत दिएका हुन् । प्रदेश सभामा रहेका ९३ सांसद मध्ये ९२ जना मात्र सहभागी भएका थिए ।
नेपालको संविधान २०७२ को धारा १६८(४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेश १ मा नेकपा एमालेका ४०, नेकपा माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सदस्यमा ५९ मत मात्र परेको छ ।
एकजना सभामुखको भने मत गणना भएको छैन । त्यस्तै विपक्षमा नेपाली कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ गरी ३३ जना हुनुपर्नेमा एकजना अनुपस्थित हुँदा ३२ मत खसेको छ ।
२०७९ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित