बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित
मकालु खबर
२०७९ पुस २९ गते
काठमाडौँ । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका पाठक सभामुख निर्वाचित भएका हुन् ।
राप्रपाका महामन्त्रीसमेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ४९ मत परेको छ । निर्वातनमा ७ जना सांसद ततस्थ बनेका थिए ।
पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन थियो ।
बागमती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो ।
जसअनुसार आज भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
दुवै उम्मेदवार अस्वीकृत भए पछि भएको मतदान प्रक्रियावाट पाठक सभामुखमा निर्वाचित भएका हुन् ।
मकालु खबर
२०७९ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित