प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार
२०७९ पुस ३० गते
विराटनगर । प्रदेश १ को उपसभामुखमा एमालेकी प्रदेशसभा सदस्य सिर्जना दनुवार निर्वाचित भएकी छिन् । शनिबार प्रदेशसभामा भएको निर्वाचनमा उनी सत्तारूढ गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् । दनुवारले ५७ मत ल्याएर निर्वाचित भएकी हुन् ।
यस्तै नेपाली कांग्रेसकी लिलामकुमारी राईले ३३ मत मात्र प्राप्त गरिन्। आजको प्रदेशसभामा ९० जना संसद उपस्थित थिए । दनुवारलाई निर्वाचित गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकको प्रस्ताव र माओवादी केन्द्रका प्रदेश संसद नारायण बुर्जामगरले समर्थनमा दनुवार निर्वाचित भइन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा ९२० अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।
२०७९ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित