पोखरा विमान दुर्घटना : ३९ जनाको शव संकलन
२०७९ माघ १ गते
काठमाडौँ। पोखरामा बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ३९ जनाको शव संकलन गरिएको छ ।
अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित नभएको बताईको छ ।
काठमाडौँ विमानस्थलबाट बिहान १० :३३ बजे उडेको यति एयरलाइन्सको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए ।
पाइलट कमल केसीले उडाएको जहाजमा फ्लाइट अफिसर अन्जु खतिवडा कोपाइलट, एस हुन्चु र ओए मगर परिचारिका सवार थिए ।
उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु सवार थिए । जसमा ४१ जना महिला र २७ पुरुष छन् ।
दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १र१ जना रहेका छन् ।
२०७९ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित