एसएसबिले दुई युवा सहित एक किशोरीलाई माइती नेपालमा बुझायो
२०७९ माघ २ गते
विराटनगर । एक किशोरीलाई भारत लग्दै गरेको अवस्थामा दुई युवालाई भारतीय प्रहरी एसएसबीले नियन्त्रणमा लिएर माइती नेपाललाई बुझाएको छ ।
एक किशोरीलाई भारतको पटना तर्फ लैजान लागेको अवस्थामा दुई युवालाई नियन्त्रणमा लिएको छ भने बालिकाको सशस्त्र सीमा बल एसएसबीको टोलीले उद्धार गरेर माइती नेपाललाई बुझाएको हो ।
सशस्त्र सीमा बल एसएसबीको सहायक सेना नायक राजेन्द्र सिंह चौहानले भारत प्रवेश गरेका तिनै जनासँग अलग अलग सोधपुछ गर्दा तिनै जनाले फरक फरक बयान दिएपनि किशोरी बेचिन लागेको आशंकामा उद्धार गरिएको बताए ।
भारतको जोगबनीमा रहेको टिकुलिया वसतीबाट नियन्त्रणमा लिइएको उनीहरूलाई प्रहरीले अनुसन्धान गरिरहेको माइती नेपालका संयोजक विनोद पोखरेलले जानकारी दिए । उद्धार भएका तीन जनालाई इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७९ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित