सर्वदलीय बैठकबाट बाहिरिए नेकपा अध्यक्ष ओली
बालुवाटारमा सर्वदलीय बैठक जारी
मकालु खबर
२०७९ माघ ३ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् ।
ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी रहेका छन् ।
मकालु खबर
२०७९ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित