पल शाहलाई तनहुँ अदालतले दियो सफाई, दाबी नपुगेको ठहर
मकालु खबर
२०७९ माघ ३ गते
काठमाडौँ । अभिनेता पल शाहलाई तनहुँ अदालतले दियो सफाई दिएको छ ।
जिल्ला अदालत तनहुँले दाबी नपुगेको ठहर गर्दै शाहलाई सफाई दिएको हो ।
तर उनी जेलमुक्त हुने छैनन् । उनलाई नवलपुर अदालतले यसअघि साढे २ वर्ष कैद सजाय गरेको छ । गत चैतदेखि उनी थुनामा छन् ।
बलात्कार आरोपमा छानबिनकै क्रममा रहेका अभिनेता पल शाहले सफाई पाएका हुन् ।
नाबालिग बालिकालाई बलात्कार आरोपमा तनहुँ अदालतमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालत तनहुँका न्यायाधीश कोमल प्रसाद आचार्यको एकल इजलासले उनलाई मंगलबार सफाई दिएको हो ।
मकालु खबर
२०७९ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित