सर्वदलीय बैठक धन्यवाद ज्ञापन गरेर सकियो : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठक सकिएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन लगायतका विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएका थिए ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री दाहालले धन्यवाद ज्ञापन गरेर बैठक सकिएको छ ।
‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनुभयो। अर्को सत्तापक्ष र प्रतिपक्षबारे पनि केही कुरा राख्नुभयो । कांग्रेस संसदीय प्रतिनिधि सभामा, राष्ट्रिय सभामा प्रमुख विपक्ष दलको रुपमा रहेने कुरा भएको छ ।’
यस्तै, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार नेपाली कांग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना, संरक्षण र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेको कुरा भएको बताए ।